MOU Between IPDF and SICO

Date 2081-1-23,
नेपालमा स्थापना भएर अन्तर्राष्ट्रिय परियोजनाको विकासका लागि कार्यक्रम गर्दै आएको संस्था इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएफ र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच ९ वटा मुख्य परियोजनाको अनुसन्धान तथा विकास गर्नेनिर्माण गर्ने सम्झौता सप्पन्न भएको छ । दुई संस्था विच ९ वटा महत्वपूर्ण परियोजनाको खोज, अनुसन्धान, लगानी सम्मेलन तथा परियोजना विकास गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
नयाँ सम्झौतापत्र अनुसार आपसी समझदारी तथा सहयोगमा दुई संस्था बीच शैक्षिक अनुसन्धान, नवप्रवर्तन, औद्योगिकीकरण, पर्यटन पुर्वाधार विकास, यातायात पुर्वाधार विकास, लगानी र ब्यापारको प्रवर्धन, सांस्कृतिक आदानप्रदान, चुनौती र संभावनामा सहकार्य, आर्थिक सहायता तथा साजेदारीका लागि परियोजना हरुको विकास गरिनेछ ।
चिनियाँ प्रतिनिधिले आईपिडिएफका प्रतिनिधिहरुसंग सल्लाह तथा परामर्श गरी सम्झौता तयार पारी बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, बागमती प्रदेश सासद माननीय जयराम थापा, बुनपा प्रमुख प्रशाशकीय अधिकृत तुल्सीराम अर्यालको सहजीकरणमा सम्झौता सम्पन्न गरिएको थियो । परियोजनाको विकास र विस्तारमा बुनपाले सहजीकरण र सहयोग गर्ने प्रतिवद्धता जनाइएको थियो ।
आइपिडिएफ का केन्द्रीय अध्यक्ष् मुकुन्द ढुँगाना, महासचिव कमल कार्की, सदस्य सचिव द्रोण पराजुली र सिल्क रोड अन्तर्राष्ट्रिय सहयोग संगठन, डुनहुवाङ क्षेत्रीय आर्थिक र औद्योगिक विकासका लागि अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाका तर्फबाट महासचिव होङ होङले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।